मधेस प्रदेश सरकारले टुक्रे योजना र असारे विकासको परिपाटीलाई समाप्त गर्छ। नयाँ आर्थिक वर्षको भदौदेखि नै बजेट कार्यान्वयन हुन्छ। साउन र भदौमा योजना लागत, स्टिमेट, नापजोखसहितको सबै काम सम्पन्न गरेर भदौ अन्तिमदेखि नै विकास बजेटको काम सुरु हुनेछ।
वैशाखमा काम सुरु गरेर असारे विकासको परिपाटीलाई पूर्ण रूपमा निस्तेज बनाउँछौं। ५, १० लाखको योजनाको परिपाटीलाई समेत बन्देज लगाइएको छ। अबको बजेटमा प्रदेश सरकारले ५० लाखभन्दा कमको योजनामा लगानी गर्ने छैन। त्योभन्दा कमको योजना भए आवश्यकता अनुरूप केही क्षेत्रबाहेक, मन्दिर मस्जिद, गुम्बालगायत माटो पुर्ने, ग्राभेल गर्नेलगायतको योजना पूर्ण रूपमा बन्द हुन्छ।



