काठमाडौं : भारतीय रुपैयाँ (भारु) इतिहासकै कमजोर बनेको छ । डलरका लागि भारतीय निर्यातकर्ताको माग बलियो बनेपछि बिहीबार भारु इतिहासकै न्यून विन्दुमा झरेको इकोनोमिक टाइम्सले उल्लेख गरेको छ । बिहीबार भारतीय रुपैयाँ प्रतिडलर ८३.६२ को विन्दुमा झरेको हो । जुन हालसम्मकै सबैभन्दा कमजोर विन्दु हो ।
बुधबार भने भारतीय रुपैयाँ ८३.४५५० विन्दुसम्म बन्द भएको थियो । पछिल्लो समय भारतको केन्द्रीय बैंकले भारुको गिरावट रोक्नका लागि सरकारी स्वामित्वका बैंकहरुमार्फत विनिमय बजारमा हस्तक्षेप गर्दै आएको छ । यद्दपि, बिहीबार भने केन्द्रीय बैंकले हस्तक्षेप नगरेका कारण पनि भारु इतिहासकै कमजोर विन्दुमा झरेको हो ।



