आर्थिक क्षेत्र बलियो बन्ने धारणा राखेकी छिन् ।
आजको प्रतिनिधि सभाको बैठकमा आगामी वर्षको कृषि मन्त्रालयका लागि विनियोजित बजेटमाथि छलफलमा उठेको प्रश्नमा जवाफ दिँदै मन्त्री शाहले कृषि क्षेत्रमा लगानी बढाएर अघि बढाउन सकेमा मात्रै आर्थिक क्षेत्र अघि बढ्ने बताएकी हुन्।
यस्तै किसानले पाउन बाँकी भुक्तानीको विषयमा समेत उनले प्रस्ट्याएकी छिन् । किसानले पाउनुपर्ने रकमका लागि बजेट विनियोजन भए पनि रकम अपुग भएको मन्त्री शाहको भनाई छ । ‘किसानलाई ऋण लिएर नै भुक्तानी गर्ने तयारीमा लागेका छौँ,’ मन्त्री शाहले भनिन् ।



