६ असार, काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारको परिसूचक नेप्से दोहोरो अंक १०.४४ ले घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २०६८ अंकमा रहेर यो साता बन्द भएको छ ।
परिसूचक घट्दा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ३ अर्ब ४० करोडको कारोबार भएकोमा आज ३ अर्ब ८७ करोडको भयो । ५२ कम्पनीको मूल्य बढ्दा १८६ को घट्यो भने ८ को स्थिर रह्यो । फाइनानस १.८२ प्रतिशत (४२ अंक) बढ्यो भने अरु क्षेत्रगत सूचकहरु घटेका छन् ।





