काठमाडौं : सन् १९९९ मा स्टिभ जब्स भर्खरै एप्पलको नेतृत्वमा फर्किएका थिए, सेमिकन्डक्टर क्षेत्रमा ‘इन्टेल’ प्रमुख कम्पनी थियो भने कमैले मात्र नाम सुनेको चिप निर्माता कम्पनी ‘एनभिडिया’ डास्ड्याक स्टक एक्सचेन्जमा सूचीकृत भएको थियो । नास्ड्याकमा सूचीकरण भएको ३ वर्षमै एनभिडिया ‘एस एन्ड पी ५००’ मा बढुवा भएको थियो ।
तर पनि एनभिडिया यस शताब्दीको पहिलो २५ वर्षमा सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्ने स्टक बन्छ भन्ने कमैले मात्र अनुमान लगाएका थिए । सन् १९९९ मा आइपीओ जारी गरेयता पुनः लगानी गरिएको लाभांशसहित यस कम्पनीले ५,९१,०७८% प्रतिफल दिएको ब्लुमबर्गले लेखेको छ । कतिपयलाई यो संख्या कल्पनाभन्दा बाहिरको लाग्न सक्छ ।



