११ महिनामा १० अर्बले बढ्यो वैदेशिक लगानी,जेठ महिनामा मात्रै ३ अर्ब


  • Himalayan Bank Limited (HBL)
११ महिनामा १० अर्बले बढ्यो वैदेशिक लगानी,जेठ महिनामा मात्रै ३ अर्ब

चालू आर्थिक वर्ष  २०८०/०८१को ११ महिनाको अन्तरालमा अर्थात जेठ मसान्तसम्ममा कुल ४४ अर्ब ४० करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ ।जेठ महिनामा मात्रै  ३ अर्ब रुपैयाँ प्रत्यक्ष लगानी भित्रिएको छ ।   

अघिल्लो आर्थिक वर्षको जेठ मसान्तसम्ममा ३४ अर्ब ५८ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो ।

उद्योग विभागका अनुसार जेठमा साना ५१ वटा र मझौला एक वटा उद्योगमा लगानी प्रतिबद्धता आएको छ । जेठमा सबैभन्दा पर्यटन क्षेत्रमा ३२.६२ प्रतिशत, सेवा क्षेत्रमा ११.२१ प्रतिशत, उत्पादनमा ६.११ प्रतिशत , सूचना तथा प्रविधिमा १.२ प्रतिशत, खनिजमा १.२ र कृषिमा १.२ प्रतिशत लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।

Read More