कर्मचारीको आन्दोलनले संसद् प्रभावित, मागबारे सभामुख र अर्थमन्त्रीबीच छलफल


  • Himalayan Bank Limited (HBL)
कर्मचारीको आन्दोलनले संसद् प्रभावित, मागबारे सभामुख र अर्थमन्त्रीबीच छलफल

काठमाडौं : संघीय संसद् सचिवालयका कर्मचारीको आन्दोलनबारे सभामुख र अर्थमन्त्रीले छलफल गरेका छन्। आज बिहान सभामुख सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अर्थमन्त्री वर्षमान पुनबीच कर्मचारीले राखेका मागबारे  छलफल भइरहेको सभामुखको सचिवालयले जनाएको छ।

कर्मचारीको आन्दोलनका कारण संसद बैठक प्रभावित हुन थालेपछि यस अगाडि सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल र कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीसँगसमेत छलफल गरेका छन्। महत्त्वपूर्ण छलफल जारी रहेको बेला कर्मचारीले गरेको असहयोगलाई सभामुखले गम्भीरताका साथ लिएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।

Read More