पाँच वर्षमा एउटा औद्योगिक ग्राम सञ्चालनमा


  • Himalayan Bank Limited (HBL)
पाँच वर्षमा एउटा औद्योगिक ग्राम सञ्चालनमा

काठमाडौँ — सरकारले ५ वर्षयता देशका विभिन्न पालिकामा औद्योगिक ग्राम निर्माणको घोषणा गरे पनि हालसम्म एउटा मात्र सञ्चालनमा आएको छ । ०७७ माघ १५ मा घोषणा गरिएको गुल्मीस्थित मदाने गाउँपालिका–४ को औद्योगिक ग्राम ६ महिनादेखि सञ्चालन भएको हो । 

औद्योगिक ग्राममा खाद्य व्यवस्था तथा व्यापार कम्पनी (तत्कालीन खाद्य संस्थान)को डिपो र हाटबजार मात्रै सञ्चालनमा रहेको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुँवरले बताए । ‘अहिले खाद्य संस्थाको डिपो र बुधबारे हाट बजार मात्रै लाग्छ,’ उनले भने, ‘उद्योगहरू स्थापना गर्न पालिकाले टेन्डर खोलेको छ, अब अन्य उद्योग पनि बिस्तारै आउँछन् ।’ हरेक बुधबार स्थानीयले आफ्नो सामान ल्याएर बेच्ने गरेको उनले सुनाए । काठ, फलाम, बास, छालालगायत विविध उद्योगका लागि टेन्डर गरिसकेको उनको भनाइ छ । कुल १३ करोड रुपैयाँ लागत अनुमानको ग्राममा ५ करोड रुपैयाँ खर्चिएको उनले बताए ।

Read More