नेपाल राष्ट्र बैंकले बैंकहरुको महँगो ब्याजदरले गर्दा अर्थतन्त्रमा माग कम भएको निष्कर्ष निकालेको छ। केन्द्रीय बैंकले वित्तीय स्थायीत्व प्रतिवेदन सार्वजनिक गर्दै यस्ताे निष्कर्ष निकालेको हो।
महँगो ब्याजदर र सापटी खर्चले गर्दा माग घटेको र अझै पनि उद्योगहरुलाई ऋण तिर्न समस्या परिरहेको उल्लेख छ।
यसले गर्दा नै बैंकहरुको खराब कर्जा बढेको र ब्यालेन्स सिटमा नाफा समेत घटेको केन्द्रीय बैंकले जनाएको छ। कोभिडको समयमा ल्याइएको लचिलो मौद्रिक नीतिले अझै ऋणीहरुको ऋण तिर्ने क्षमतामा असर गर्ने र त्यसले वित्तीय संस्थाको स्थायीत्वमा समेत असर गर्ने उल्लेख छ।
यी चुनौतिहरुको बाबजुद पनि बैंक तथा वित्तीय संस्थाहरुले पर्याप्त पूँजी, तरलता र नाफा कायम गर्न सफल भएको प्रतिबेदनमा उल्लेख छ।



