काठमाडौं : लघुबिमा व्यवसायले सुस्त रूपमा गति लिन थालेको लघुबिमकहरूले बताएका छन्। सुरुवाती चरणमा लघुबिमा व्यवसाय विस्तारमा चुनौती देखिए पनि यसले क्रमशः गति लिन थालेको उनीहरूको भनाइ छ।
हुन त एकातर्फ अर्थतन्त्र सुस्ताएका बेला अर्कोतर्फ प्रतिस्पर्धी बजारमा सुरुवाती चरणमा लघुबिमा कम्पनीहरूलाई भने सञ्चालनमा चुनौती देखिएको छ। न्यून आय भएका वर्गलाई लक्षित गरेर उनीहरूको भविष्यमा हुन सक्ने जोखिमको बिमा गर्ने लघुबिमाको इतिहास नेपालमा धेरै लामो छैन।



