विश्व बैंकको नेपाल, माल्दिभ्स र श्रीलंकाको कन्ट्री डाइरेक्टरमा सिस्लेन नियुक्त


  • Himalayan Bank Limited (HBL)
विश्व बैंकको नेपाल, माल्दिभ्स र श्रीलंकाको कन्ट्री डाइरेक्टरमा सिस्लेन नियुक्त

डेभिड सिस्लेन विश्व बैंकको माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि नयाँ कन्ट्री डाइरेक्टर बनेका छन् । उनको नयाँ कार्यकाल जुलाई १, २०२४ देखि लागू हुने नेपालस्थित विश्वबैंकको कार्यालयले जानकारी दिएको छ ।

सिस्लेनले फारिस हदाद-जेर्भोसको स्थान लिने भएका छन् । अमेरिका र इटालीका दोहोरो नागरिक रहेका सिस्लेनले सन् २००१ मा अर्बन क्लस्टर युनिटमा अर्थशास्त्रीका रूपमा विश्व बैंकमा सामेल भएका थिए र त्यसपछि विभिन्न क्षेत्रहरूमा विभिन्न परिचालन र व्यवस्थापकीय पदहरू सम्हालिसकेका छन् ।

Read More