नेपालमा सम्पत्ति माथि महिला अधिकार ह्वात्तै बढ्यो, ३७.१ प्रतिशत घरमुली महिला


  • Himalayan Bank Limited (HBL)
नेपालमा सम्पत्ति माथि महिला अधिकार ह्वात्तै बढ्यो, ३७.१ प्रतिशत घरमुली महिला

केही वर्षको दौरानमा नेपाली महिलाहरुको सम्पत्ति माथिको अधिकार उल्लेख्य रुपमा बढेको छ । केन्द्रीय तथ्याङ्क विभागले गत साता सार्वजनिक गरेको राष्ट्रिय जीवनस्तर सर्वेक्षण अनुसार नेपालमा ६६ लाख ६० हजार ८४१ परिवारमध्ये ७ लाख ८८ हजार ९१७ परिवारमा (अर्थात ११.८ प्रतिशत) महिलाको नाममा घर र जग्गा दुवै रहेको छ

घर वा जग्गामा महिलाको स्वामित्वको हिस्सा भने त्योभन्दा निकै धेरै छ ।

‘समग्रमा २३.८ प्रतिशत परिवारहरूमा महिलाको नाममा घर वा जग्गा वा घरजग्गा दुवै रहेको देखिन्छ । गत २०६८ सालको जनगणनामा देशका कुल परिवारको १०.७ प्रतिशत परिवारहरूमा महिलाको नाममा घर र जग्गा दुवै रहेको देखिएको थियो भने महिलाको नाममा जग्गा मात्र भएका परिवारहरू ९ प्रतिशत रहेको थियो’ विभागको प्रतिवेदनमा भनिएको छ।

Read More