काठमाडौं । नेपालमा पहिलो पटक राष्ट्रिय सहकारी मेला आयोजना हुने भएको छ । राष्ट्रिय सहकारी महासंघको आयोजनामा असार ७, ८ र ९ गते तीन दिनसम्म ललितपुरस्थित पुल्चोकमा उक्त मेला आयोजना गर्न लागिएको हो । बुधवार महासंघले पत्रकार सम्मेलनको आयोजना गरी राष्ट्रिय सहकारी मेलाको सम्बन्धमा जानकारी दिएको हो ।
‘मर्यादित सहकारी व्यवसायका लागि यूवा संलग्नता’ नाराका साथ हुन लागेको मेलाको तयारी पूरा भएको छ । मेलाको आयोजनाले प्रतिभा पलायन (ब्रेन ड्रेन) रोक्ने, स्वदेशमै रोजगारी सिर्जना गर्न प्रोत्साहन गर्ने वातावरणको विकास गर्ने तथा उत्पादन एवं सेवाका सहकारीहरू र अन्य निजी क्षेक्रका लागि आवश्यक जनशत्ति खोज्न सहजता प्रदान गर्ने विश्वास महासंघको छ ।



