नेपाल धितोपत्र बोर्डको अध्यक्ष कानुनी प्रक्रियाबाट गर्न सरकारसँग सांसद रामहरी खतिवडाले आग्रह गरेका छन् । आज प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि सत्तारुढ दलहरुका रस्साकस्सी पुगेको छ । कानुनी प्रक्रिया नपुराई अघि बढेको भन्ने सुन्नमा आएको छ । कानुन अनुसार नियुक्ति गर्ने पद्दतिको विकास होस्’ उनले भने ।



