माइक्रोसफ्टलाई पछि पार्दै एनभिडिया बन्यो विश्वको सबैभन्दा भ्यालुएबल कम्पनी


  • Himalayan Bank Limited (HBL)
माइक्रोसफ्टलाई पछि पार्दै एनभिडिया बन्यो विश्वको सबैभन्दा भ्यालुएबल कम्पनी

अमेरिकाको सेमीकन्डक्टर चिप निर्माता कम्पनी एनभिडिया विश्वको सबैभन्दा भ्यालुएबल कम्पनी बनेको छ। कम्पनीले बजार पूँजीकरणका आधारमा माइक्रोसफ्ट कम्पनीलाई पछि पार्दै सो स्थानमा पुगेको हो।

१८ जून, मंगलबार, एनभिडिया कर्पको शेयर ४.६० डलर अर्थात ३.५१ प्रतिशत बढेर १३५.५८ डलरमा अन्तिम कारोबार भएको थियो। सो वृद्धिसँगै कम्पनीको बजार पूँजीरकण ३.३४ ट्रिलियन डलर पुगेको छ। सो दिन माइक्रोसफ्ट कम्पनीको शेयर ०.४५ प्रतिशत घटेर ४४६.३४ डलरमा अन्तिम कारोबार भएको थियो। माइक्रोसफ्टको बजार पूँजीकरण ३.३१ ट्रिलियन रहेको छ।

त्यस्तै, आईफोन निर्माता कम्पनी एप्पलको बजार पूँजीकरण ३.२९ डलर रहेको छ। मंगलबार सो कम्पनीको शेयर १.१० प्रतिशत घटेर २१४.२९ डलरमा अन्तिम कारोबार भएको थियो।

यस अघि गत जून ५ का दिन एनभिडियाले एप्पललाई पछि पार्दै विश्वको दोस्रो ठूलो भ्यालुएबल कम्पनी बनेको थियो।

Read More