काठमाडौं : नेपाल राष्ट्र बैंकले १५औं वित्तीय स्थायित्व प्रतिवेदन मंगलबार सार्वजनिक गरेको छ । केन्द्रीय बैंकको २०८० असार मसान्तसम्मको अध्ययनले देशको वित्तीय प्रणाली स्थिर रहेको निष्कर्ष निकालेको छ । वित्तीय सुदृढताका सूचकहरुले वित्तीय प्रणालीको लचिलोपन र स्थिरतालाई संकेत गरेको राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाहरुको मर्जर तथा एक्विजिसनको परिणमस्वरुप वित्तीय संस्थाको संख्या घटेकाले वित्तीय प्रणालीको लचिलोपनलाई बलियो बनाएको राष्ट्र बैंकको निष्कर्ष छ ।



