५ असार, काठमाडौं । नेपालमा बैंकमार्फत हुने कारोबार (सेटलमेन्ट) उच्च मात्रामा बढेको छ । गत वर्षको वैशाखको तुलनामा यो वर्षको वैशाखमा यस्तो सेटलमेन्ट ४० प्रतिशतले बढेको हो ।
त्यति मात्रै होइन, अर्थतन्त्रमा चलनचल्तीमा रहेको नगद नै अर्थात् नगद सर्कुलेसनसमेत गत वर्षको तुलनामा करिब १० प्रतिशतले बढेको छ । बैंकमार्फत हुने भुक्तानी र नगद सर्कुलेसन दुवै बढ्नु भनेको अर्थतन्त्र चलायमान हुँदै गएको संकेत भएको नेपाल राष्ट्र बैंकका अनुसन्धान विभागका प्रमुख डा. प्रकाशकुमार श्रेष्ठ बताउँछन् ।



