काठमाडौँ । २०७९ वैशाखदेखि बढ्न थालेको रेमिट्यान्स आप्रवाह अझै बढेको बढ्यै छ । कोरोना महामारी घट्न सुरु भएसँगै रेमिट्यान्स आप्रवाह वृद्धितर्फ लम्किएको हो ।
यसअघि कोरोना महामारीका कारणले वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घट्दा २०७८ साउनदेखि रेमिट्यान्स घट्न सुरु गरेको थियो । २०७८ साउनमा रेमिट्यान्स आप्रवाह ६.८ प्रतिशतले खुम्चिएको थियो ।
तर २०७९ वैशाख महिनासम्म आइपुग्दा रेमिट्यान्स आप्रवाह बढ्न थाल्यो । सो महिनामा ०.३ प्रतिशतले रेमिट्यान्स आप्रवाह बढेको थियो । यस्तै जेठमा ३.८ प्रतिशतको वृद्धि थियो । त्यसयता रेमिट्यान्स बढेको बढ्यै छ । सो समयमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दा रेमिट्यान्स आप्रवाह बढेको हो ।



