मेची भन्सारद्वारा १२ अर्ब ९३ करोड बढी राजस्व संकलन


  • Himalayan Bank Limited (HBL)
मेची भन्सारद्वारा १२ अर्ब ९३ करोड बढी राजस्व संकलन

मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको ११ महिनामा १२ अर्ब ९३ करोड १७ लाख ३७ हजार राजस्व संकलन गरेको छ।

भन्सार कार्यालयले चालु आब सकिन एक महिना बाँकी हुँदा लक्ष्यको ७७.५७ प्रतिशत राजस्व संकलन गरेको हो ।

मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी गणपति कँडेलका अनुसार चालु आवको ११ महिनामा गत आवको सोही अवधिको तुलनामा आयात ३.६१ प्रतिशतले घट्दा निर्यात भने १०.७६ प्रतिशतले वृद्धि भएको छ।

उनका अनुसार काँकडभिट्टा भन्सारबाट ४० अर्ब ७९ करोड ६१ लाख ७२ हजारको मालवस्तु आयात हुँदा २२ अर्ब २१ करोड ९० लाख १० हजारको मालवस्तु निर्यात भएको छ।

Read More