बैंक तथा वित्तीय संस्थाको खराब कर्जा १० वर्षयताकै उच्च !


  • Himalayan Bank Limited (HBL)
बैंक तथा वित्तीय संस्थाको खराब कर्जा १० वर्षयताकै उच्च !

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा (एनपिएल) १० वर्ष यताकै उच्च बिन्दुमा पुगेको छ । कोभिड-१९ महामारी र आर्थिक मन्दीका कारण २०८० सम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा एक दशक यताकै उच्च बिन्दुमा पुगेको हो ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०७१ सालमा बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा ४.१० प्रतिशत पुगेको थियो । 

हाल बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा ३.९८ प्रतिशत पुगेको छ । जुन, २०७१ सालयताको सबैभन्दा धेरै हो । यसअघि २०७१ सालमै बैंक तथा वित्तीय संस्थाको खराब कर्जा ३.७६ र २०८० सालमै ३.७३ प्रतिशत पुगेको थियो । आर्थिक मन्दी, घट्दो व्यापार र सुस्त अर्थतन्त्रका कारण ऋणीहरुले ऋण तिर्न छोडेपछि बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा बढेको जानकारहरुले बताएका छन् । 

Read More