अमेरिकी सेयर बजारले सन् २०२४ मा ३०औं पटक बनायो अल टाइम हाई रेकर्ड


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
अमेरिकी सेयर बजारले सन् २०२४ मा ३०औं पटक बनायो अल टाइम हाई रेकर्ड

काठमाडौं : अमेरिकी सेयर बजारले सोमबार पनि नयाँ उचाइमा पुगेर बन्द भएको छ । अमेरिकाको प्रमुख सेयर बजार सूचक ‘एस एन्ड पी ५००’ ले सोमबारसहित सन् २०२४ मा ३०औं पटक अल टाइम हाई रेकर्ड बनाएको ब्लुमबर्गले लेखेको छ । सोमबार ठूला प्रविधि कम्पनीहरुको सेयरमा वृद्धि भएपछि सेयर बजार नयाँ अल टाइम हाई रेकर्डमा पुगेको हो ।

लचिलो अमेरिकी अर्थतन्त्रप्रति आशा, कर्पोरेट आम्दानीमा सुधार र ब्याजदर कटौतीको सम्भावित सुरुवातका कारण यस वर्ष इक्विटी बजार १५% ले वृद्धि भइसकेको छ । यसका साथै, घट्दो मुद्रास्फीति र आर्टिफिसियल इन्टेलिजेन्सप्रतिको उत्साहका कारण पनि सेयर बजार उच्च गतिमा बढेको ब्लुमबर्गले उल्लेख गरेको छ ।

 

Read More