गति लिँदै लघुबिमा व्यवसाय


  • Himalayan Bank Limited (HBL)
गति लिँदै लघुबिमा व्यवसाय

काठमाडौं : लघुबिमा व्यवसायले सुस्त रूपमा गति लिन थालेको लघुबिमकहरूले बताएका छन्। सुरुवाती चरणमा लघुबिमा व्यवसाय विस्तारमा चुनौती देखिए पनि यसले क्रमशः गति लिन थालेको उनीहरूको भनाइ छ। 

हुन त एकातर्फ अर्थतन्त्र सुस्ताएका बेला अर्कोतर्फ प्रतिस्पर्धी बजारमा सुरुवाती चरणमा लघुबिमा कम्पनीहरूलाई भने सञ्चालनमा चुनौती देखिएको छ। न्यून आय भएका वर्गलाई लक्षित गरेर उनीहरूको भविष्यमा हुन सक्ने जोखिमको बिमा गर्ने लघुबिमाको इतिहास नेपालमा धेरै लामो छैन।

अधिकांश ठूला बिमा कम्पनीहरू बढी सहर केन्द्रित भएको भन्दै नेपाल बिमा प्राधिकरणले प्रदेशमा प्रधान कार्यालय हुने गरी २०७९ मंसिरमा तीन जीवन र चार निर्जीवन बिमा कम्पनीलाई लाइसेन्स दिएको थियो। हाल नेपाल बिमा प्राधिकरणले लघुबिमा निर्देशन, २०७९ जारी गरेसँगै हाल सात वटा लघुबिमा कम्पनीहरू सञ्चालनमा छन्। लघुबिमाको लक्षित वर्ग राज्यका गरिब, न्यून आय भएका वर्ग, पिछडिएको सीमान्तकृत समुदायहरू भनेर निर्देशनले नै तोकेको छ।

Read More