औद्योगिक क्रान्तिमा पछाडि परेका देशका चुनौती सम्बोधन गर्न प्रधानमन्त्रीको आग्रह
काठमाडौं । न्यून आय भएका मुलुकका लागि विश्व बैंकको कोष अन्तरराष्ट्रिय विकास सङ्घ (आईडीए)को परिपूरण (आईडीए–२१) बैठक मंगलवार (आज) काठमाडौंमा शुरु भएको छ ।
बैठकको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुभयो । सो अवसरमा उहाँले विश्वव्यापी शान्ति र साझा समृद्धि सुनिश्चित गर्नका लागि औद्योगिक क्रान्तिका समयमा पछाडि परेका देशका विकासमा देखिएका चुनौतीलाई सम्बोधन गर्न आग्रह गर्नुभयो ।



