सेयर कारोबारको आम्दानीमा ३९ प्रतिशतसम्म कर लगाउन मल्लिक समितिको सिफारिस


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सेयर कारोबारको आम्दानीमा ३९ प्रतिशतसम्म कर लगाउन मल्लिक समितिको सिफारिस

४ असार, काठमाडौं । विद्याधर मल्लिकको अध्यक्षतामा गठित कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव समितिले व्यक्तिले गर्ने व्यावसायिक सेयर आयमा आयकर ऐनअनुसार कर लगाउन सिफारिस गरेको छ । आइतबार सार्वजनिक सो प्रतिवेदनमा व्यवसायिक रुपमा सेयर कारोबार गर्ने व्यक्तिको आम्दानी गणना गरी उसलाई व्यक्तिगत आयकर ऐनअनुरुप नै कर लगाउनुपर्ने उल्लेख छ ।

व्यक्तिले धितोपत्र बोर्डमा सूचीकृत सेयर कारोबारमा हाल तिर्दै आएको पूँजीगत लाभकर समेत बढाउन समितिले सुझाव दिएको छ । एक वर्षभन्दा कम अवधि सेयर होल्ड गर्नेलाई पूँजीगत लाभकर १० प्रतिशत कायम गर्न र १ वर्षभन्दा बढी अवधि होल्ड गर्नेलाई ७.५ प्रतिशत कर कायम गर्न सुझाव दिइएको छ ।

Read More