काठमाडौं । गत आर्थिक वर्षको बजेट वक्तव्यमै असार महिनामा रकमान्तर नगर्ने शब्द राखिएपछि वैशाख र जेठ महिनामा करोडौं रुपैयाँ रकमान्तर गरिएको छ ।
रकमान्तर फुकाउन अर्थ मन्त्रालयलाई हम्मेहम्मे
असारमा रकमान्तर गर्न नपाइने कुरा बजेटमा उल्लेख भएका कारण ‘ब्याक डेट’मा रकमान्तर गर्न र फाइल मिलाउन अर्थ मन्त्रालयको बजेट महाशाखालाई हम्मेहम्मे भइरहेको बताइएको छ ।
रकमान्तरको चलखेल गर्ने समय भएकाले र फाइल मिलाउने समय भएका कारण अर्थ मन्त्रालयले जेठ महिनामा कति रकमान्तर भयो भने तथ्यांक उपलब्ध गराउन सकेन ।
यद्यपि, अर्थ मन्त्रालयले वैशाखको रकमान्तर तथ्यांक भने उपलब्ध गराएको छ । अहिले अर्थ मन्त्रालयलमा रकमान्तर फुकाइदिन विभिन्न मन्त्रालयका अधिकारीहरूको भीड भएका कारण महाशाखाका कर्मचारीहरू पनि व्यस्त भएका छन् । यही कारणले जेठसम्मको रकमान्तरको तथ्यांक दिन नसकेको भनाइ अर्थ मन्त्रालयको बजेट शाखाको रहेको छ ।



