लगानीकर्ताले बुझाए ७० करोडभन्दा बढी कर, बैशाखको तुलनामा ३४ करोडले वृद्धि


  • Himalayan Bank Limited (HBL)
लगानीकर्ताले बुझाए ७० करोडभन्दा बढी कर, बैशाखको तुलनामा ३४ करोडले वृद्धि

सरकारले गत जेठ महिनामा पूँजीगत लाभकरबाट ७० करोड ४२ लाख ५२ हजार रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । सरकारले पूँजीबजारका व्यक्तिगत लगानीकर्ता र संस्थागत लगानीकर्ताबाट उक्त पूँजीगत लाभकर संकलन गरेको हो । 

राफसाफकर्ता सिडिएस एण्ड क्लियरिङ(सीडीएससी) का अनुसार गत बैशाख महिनाको तुलनामा जेठमा पूँजीगत लाभकर बढेको छ । गत बैशाख महिनामा ३६ करोड २७ लाख ४२ हजार रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन भएकोमा जेठमा ७० करोड ४२ लाख ५२ रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ ।

Read More