३ असार, काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदानमा बन्ने तीन वटा विद्युत सबस्टेसनमध्ये दुई वटाको ठेक्का सम्झौता भएको छ ।
यसअघि न्यु बुटवल सबस्टेसन (लट–२) को ठेक्का सम्झौता भइसकेकोमा शनिबार मात्रै लट–१ अन्तर्गतको रातमाटे सबस्टेसनको पनि ठेक्का लागेको छ । तीन लटको यो परियोजनामा अब लट–३ अर्थात् न्यु दमौली सबस्टेसनको मात्रै ठेक्का लाग्न बाँकी छ । यो ठेक्का सम्झौता पनि चाँडै हुने एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले जनाए ।



