विराटनगर । कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले आर्थिक सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदन अनुसार कोशी प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरूले प्रभाव बढाउँदै लगेको देखिएको छ ।
सर्वेक्षण प्रतिवेदन अुनसार प्रदेशमा बैंक तथा वित्तीय संस्थाका शाखा सञ्जालमा भएको विस्तारका कारण बैंकिङ सेवामा जनताको पहुँच बढ्दै गएको छ । २०८० फागुनसम्ममा कोशी प्रदेशमा बैंक तथा वित्तीय संस्थाद्वारा प्रतिशाखा औसत २ हजार ६६५ जनसङ्ख्यामा बैंकिङ सेवा प्रवाह भइरहेको जनाइएको छ ।



