ट्यांकर चालक संघ र निगमबीच सहमति, आजैदेखि इन्धन ढुवानी हुने


  • Himalayan Bank Limited (HBL)
ट्यांकर चालक संघ र निगमबीच सहमति, आजैदेखि इन्धन ढुवानी हुने

काठमाडौँ — नेपाल पेट्रोलियम ट्यांकर चालक संघ आन्दोलन फिर्ता लिने भएको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपाल आयल निगमसँग भएको छलफलपछि संघले आन्दोलन फिर्ता लिने भएको हो । 

वाणिज्य तथा आपूर्ति सचिव दिनेशकुमार घिमिरेको संयोजनमा भएको छलफलमा संघले उठाएका मागहरू सम्बोधन गर्न समिति गठन गर्नेलगायतका सहमति भएको छ । उक्त समितिलाई १५ दिनभित्र अध्ययन गरी प्रतिवेदन बुझाउन कार्यादेश दिइने भएको छ ।

Read More