करिब २ वर्षपछि अमेरिकालाई उछिन्दै रुस बन्यो युरोपमा ग्यास आपूर्ति गर्ने सबैभन्दा ठूलो आपूर्तिकर्ता


  • Himalayan Bank Limited (HBL)
करिब २ वर्षपछि अमेरिकालाई उछिन्दै रुस बन्यो युरोपमा ग्यास आपूर्ति गर्ने सबैभन्दा ठूलो आपूर्तिकर्ता

काठमाडौं : रुसले अमेरिकालाई उछिन्दै युरोपमा ग्यास प्रदान गर्ने सबैभन्दा ठूलो आपूर्तिकर्ता बनेको छ । मे महिनामा युरोपले अमेरिकाबाट भन्दा धेरै ग्यास रुसबाट निर्यात गरेको फाइनान्सियल टाइम्सले उल्लेख गरेको छ । रुसले करिब २ वर्षपछि युरोपको ग्यास आपूर्तिमा अमेरिकालाई पछि पारेको हो । 

रुसले युक्रेनमा आक्रमण गरेपछि रुसी उर्जाबाट आफूलाई अलग राख्ने युरोपको प्रयासका बाबजुद ग्यास आपूर्ति बढेको हो । पूर्वी युरोपका धेरै देशहरु अझै पनि रुसी आयातमा निर्भर रहेका कारण युरोपलाई रुसी ग्यासबाट छुटकारा पाउन मुस्किल हुने देखिएको छ । 

Read More