अत्यावश्यक पेट्रोलियम पदार्थ ढुवानी तथा बिक्री वितरणमा अवरोध हुँदा उपभोक्ताले निर्वाध रुपमा प्रयोग गर्न पाउने हकबाट वञ्चित भएकाे भन्दै नेपाली कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।
कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले साेमबार विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको अभावमा नागरिक आतङ्कित बन्ने वातावरण बनेकाले तत्काल आपूर्ति व्यवस्था सहज गराउन सरकारसँग माग गरेको छ ।
नेपाल सरकार, नेपाल आयल निगम, निगमको सञ्चालक समिति, निगम व्यवस्थापन र पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घसँग वार्ता र संवादमार्फत् समस्याको समाधान गर्न विभागका प्रमुख एवं कांग्रेस केन्द्रीय सदस्य गुरु बरालले अनुराेध गरेका हुन् ।



