इलेक्ट्रिक गाडी उत्पादक कम्पनी टेस्ला र रकेट कम्पनी स्पेसएक्सका संस्थापक एलन मस्कलाई पछि पार्दै अमेजोनका संस्थापक जेफ बेजोस फेरि विश्वकै धनी व्यक्ति बनेका छन् ।
ब्लूमबर्गले सार्वजनिक गरेको विश्वका धनी व्यक्तिको सूचीमा बेजोस शीर्षमा उक्लिएका हुन् ।एलन मस्क सूचीको दोस्रो स्थानमा झरेका छन्। ब्लुमबर्ग बिलिनियेर इन्डेक्सका अनुसार पछिल्लो २४ घण्टामा मस्कको सम्पत्ति ३.१९ अर्ब डलरले घटेको छ। उनको कुल सम्पत्ति घटेर २०३ अर्ब डलरमा झरेको छ।


