ऋण लिने घरहरू कम हुँदै, तिर्न बाँकी भने उच्च दरमा बढ्दै


  • Himalayan Bank Limited (HBL)
ऋण लिने घरहरू कम हुँदै, तिर्न बाँकी भने उच्च दरमा बढ्दै

पछिल्ला दस वर्षमा ऋण लिने घरधुरीको संख्या घटेको छ। लिएको ऋण तिर्न बाँकी रहेका घरधुरीको संख्या भने उच्च दरमा बढेको चौथो नेपाल जीवनस्तर सर्वेक्षणले देखाएको छ।

सर्वेक्षणले आर्थिक वर्ष २०७९/८० मा ६३.८ प्रतिशत घरधुरीले कम्तीमा एउटा ऋण लिएको देखाएको छ। यसअघिको (तेस्रो) सर्वेक्षणअनुसार वर्ष २०६७/६८ मा यस्तो ऋण लिने घरधुरी ६५ प्रतिशत थिए।

रोजगारीका लागि बिदेसिने दर बढेकाले रेमिटेन्स भित्रिने दर बढेको, कतिपयको पारिश्रमिक बढेकाले पनि ऋण लिने संख्या घटेको हुन सक्ने राष्ट्रिय तथ्यांक कार्यालयले बताएको छ।

Read More