जेठमा मात्रै सवा ११ अर्ब विदेशी लगानी प्रतिबद्धता


  • Himalayan Bank Limited (HBL)
जेठमा मात्रै सवा ११ अर्ब विदेशी लगानी प्रतिबद्धता

काठमाडौँ — चालु आर्थिक वर्षको जेठ महिनामा मात्रै ११ अर्ब २९ करोड ४६ लाख रुपैयाँ प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता आएको छ । चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म ५४ अर्ब ८५ करोड ७८ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ ।

चालु आर्थिक वर्षमा सबैभन्दा बढी वैशाखमा १३ अर्ब ४४ करोड ४६ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको विभागको भनाइ छ । सबैभन्दा कम माघमा ३४ करोड ५० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागको तथ्यांक छ ।

Read More