काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सर्टलिस्टमा परेका पाँचमध्ये तीन उम्मेदवार आइतवारका लागि तोकिएको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तरवार्तामा सहभागी नभएपछि नियुक्ति प्रक्रियामा राजनीतिक खिचातानीको संकेत देखिएको छ ।
बोर्ड अध्यक्ष नियुक्तिका लागि गठित सिफारिश समितिले गत चैत २५ गते १९ आवेदकमध्येका पाँच जनालाई सर्टलिस्टमा पारे पनि अर्थमन्त्रीले सिफारिशमा परेका नाममा असन्तुष्टि जनाउँदै नियुक्ति प्रक्रियामा ढिलाइ गरेको सिफारिश समितिका एक सदस्यले आर्थिक अभियानलाई बताए ।
तर, अचानक अर्थ मन्त्रालयले जेठ ३२ गते एक सूचना जारी गर्दै छनोटमा परेका पाँच जनालाई व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तरवार्ताका लागि असार २ गते बोलायो ।



