असार ३ गते सोमबार, ज्येष्ठ शुक्लपक्ष एकादशी तिथि
मेष
आज तपाईंलाई विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे लाभ हुनेछ । रोकिएका कामहरु बन्नुका साथै लेनदेनबाट लाभ मिल्न सक्छ।
वृष
आज तपाईंको रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ । व्यापारमा प्रशस्त फाइदा हुनेछ ।
मिथुन
आज तपाईंको काममा रहेका प्रशासनिक समस्याहरु हट्ने र आफन्त वा साथीभाईबाट सहयोग मिल्न सक्छ।
कर्कट
आज तपाईं विना कारण अन्य क्षेत्रमा व्यस्त हुँदा व्यापारमा व्यावसायमा घाटा हुनेछ ।
सिंह
आज तपाईंलाई व्यापार, साँझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । श्रमको उचित मूल्यांकन हुनेछ । सञ्चित धनको उपयोगले फाइदा हुनेछ ।
कन्या
आज तपाईंको व्यापार व्यवसायबाट राम्रो आम्दानी राम्रो हुनेछ भने खर्च पनि नियन्त्रणमा रहनेछ।
तुला
आज तुला राशिले अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ ।
वृश्चिक
आज तपाईंको लेनदेनको क्षेत्र कमजोर रहन सक्छ भने व्यापार व्यवसायमा सन्तोषजनक प्रगति हुनेछ ।
धनु
आज धनु राशिलाई पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ ।
मकर
आज मकर राशिका व्यक्तिहरुले नयाँ काम गरी आम्दानीका स्रोत बढाउन सक्नेछ्न् ।
कुम्भ
आज कुम्भ राशिका व्यक्तिहरुले सामाजिक काम गरेर धन र मानसम्मान प्राप्त गर्न सक्ने समय रहेको छ ।
मीन
आज मीन राशिका व्यक्तिहरुको लाभ हानी दुवै बराबर हुनेछ । व्यापार व्यवसाय पनि सोचेजस्तो हुने छैन ।



