सहकारी संस्था वचत रकम दुरुपयोग संसदीय छानविन विशेष समितिको कार्यविधि तयार


  • Himalayan Bank Limited (HBL)
सहकारी संस्था वचत रकम दुरुपयोग संसदीय छानविन विशेष समितिको कार्यविधि तयार

सहकारी संस्था वचत रकम दुरुपयोग संसदीय छानविन विशेष समितिको कार्यविधि तयार भएको छ । विशेष समितिको आईतवार सिंहदरबारमा बसेको बैठकले कार्यादेश निर्माणका लागि गठित समितिका सदस्यहरुसँग समेत छलफल गरी सो कार्यविधि तयार पारेको हो ।

सहकारी छानविन सम्बन्धि कार्यादेश निर्माणमा संलग्न सांसदहरु महेश बर्तौला, हितराज पाण्डे, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की र जीवन परियारसँग पनि आवश्यक छलफल गरी बैठकले आफ्नो कार्यविधि पारित गरेको विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले जानकारी दिए। त्यसैगरी बैठकले आफ्नो कामलाई अघि बढाउनका लागि कार्यसूचिहरु पनि तय गरेको छ ।

संघीय सहकारी मन्त्रालय, सहकारी विभाग, सहकारी बोर्ड, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिसहितका निकायहरुसँग छलफल गर्ने र आजको सहकारीको समस्याको बारेमा, वचत अपचलन, दुरुपयोगको बारेमा र समग्र अवस्थितिको बारेमा जानकारी लिने र त्यस आधारमा अरु सूचना, तथ्यहरु लिने कामहरु पनि गर्ने गरी कार्यसूचि पनि बैठकले तय गरेको विशेष समितिले जनाएको छ ।

Read More