२ असार, काठमडौं । धितोपत्र बोर्डको अध्यक्षका लागि सर्टलिस्टमा परेर पनि कार्यायोजना प्रस्तुतीकरण तथा अन्तर्वार्तामा सहभागी नभएकालाई पुनः बुधबार ९ बजेका लागि बोलाइएको छ ।
अर्थ मन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले बुधबारका लागि उनीहरूलाई बोलाएको हो । बोर्डको अध्यक्षका लागि आवेदन दिएर सर्टलिस्टमा परेका ५ जनाको आज आइतबार कार्यायोजना प्रस्तुती तथा अन्तर्वार्ताको समय तोकिएको थियो ।



