घरजग्गाको कारोबारबाट २०८१ जेठ महिनामा करिब ४ अर्ब ३४ करोड रुपैयाँ राजस्व संकलन भएको छ । भुमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार जेठ महिनामा ४ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ राजस्व संकलन भएको हो ।
गत वर्ष अर्थात २०८० जेठ महिनाको तुलनामा यस वर्षको सोहि अवधिमा राजस्व १५.५२ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको सोहि महिनामा ३ अर्ब ७५ करोड ६० लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।


