२ असार, काठमाडौं । सरकारले आर्थिक वर्ष (आव) को अन्तिम महिनामा भुक्तानी दिने प्रवृत्ति यस वर्ष समेत दोहोर्याएको छ । महालेखा नियन्त्रक कार्यालयको आंकडा अनुसार सरकारले चालु आव २०८०/८१ को ११ महिना (साउन–जेठ) सम्म ११ खर्ब ७९ अर्ब ८ करोड रुपैयाँ बजेट खर्च गरेको छ ।
यसमा चालु खर्च लक्ष्यको ७१.९७ प्रतिशत पुग्दा विकास खर्च ४४.३ प्रतिशत मात्र भएको छ । ११ महिनासम्म लक्ष्यको आधा पनि बजेट खर्च गर्न नसकेको सरकारले असार लागेसँगै भुक्तानी बढाउने निश्चित छ । जुन प्रवृत्ति विगत लामो समयदेखि चलिरहेको छ । यस्तो प्रवृत्तिले विकास निर्माणको गुणस्तरदेखि भुक्तानीको पारदर्शितामा समेत प्रश्न उठिरहेको छ ।



