काठमाडौं : नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि ‘सर्ट लिस्ट’ मा परेका उम्मेदवारमध्ये आइतबारको अन्तर्वार्तामा २ जना मात्रै उपस्थित भएका छन् । अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले ‘सर्ट लिस्ट’ मा परेका ५ जनालाई आज असार २ गते आइतबार कार्ययोजना प्रस्तुत गर्न तथा अन्तर्वार्ताका लागि बोलाएको थियो । ५ जना मध्ये २ जनामात्रै आइतबारको अन्तर्वार्तामा उपस्थित भएका हुन् ।
‘सर्ट लिस्ट’ मा परेका सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ मात्रै कार्यायोजना प्रस्तुती तथा अन्तर्वार्ताका लागि उपस्थित भए । बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, नेपाल स्टक एक्स्चेन्जका कृष्णबहादुर कार्की र तत्कालिन बिमा समितिका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईं अन्तर्वार्तामा उपस्थित भएनन् ।



