२ असार, काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सर्टलिस्टमा परेका उम्मेदवारमध्ये आइतबारको अन्तर्वार्तामा दुईजना मात्रै उपस्थित भएका छन् ।
अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले सर्टलिस्टमा परेका ५ जनालाई आइतबार कार्ययोजना प्रस्तुत गर्न तथा अन्तर्वार्ताका लागि बोलाइएको थियो । दिउँसो १२ : ४५ भित्र उपस्थित हुनुपर्नेमा २ जना मात्रै उपस्थिति भए, बाँकी ३ जना अनुपस्थित भएका हुन् ।



