कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित चार जना सञ्चालक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सहकारीका अध्यक्ष तेजविक्रम थापासहित अन्य सञ्चालकहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा अध्यक्ष थापा सहित सजना राजकर्णिकार, भिमसेन महर्जन र सञ्जय सापकोटा रहेका छन् । सहकारीका सञ्चालकबाट दुई अर्ब ८२ करोड २७ लाख रुपैयाँ अपचलन भएको बताइएको छ । उक्त सहकारीका पीडिट बचतकर्ताहरुको संख्या २ हजार ३५१ रहेका छन ।
उक्त सहकारीलाई सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयल गते माघ महिनामा समस्याग्रस्त घोषणा गरिकेको छ ।



