सबैको लघुवित्त वित्तीय संस्थाका आन्दोलित कर्मचारीहरुले दोस्रो चरणको आन्दोलन घोषणा गरेका छन्। मर्जर पश्चात बन्ने संस्थाको नाम 'सबैको साधना लघुवित्त वित्तीय संस्था लिमिटेड' नभएसम्म आफुहरुको आन्दोलन जारी रहने आन्दोलित कर्मचारीहरुद्वारा विज्ञप्तीमा उल्लेख छ।
मर्जर पुर्वको सहमति भन्दा फरक पर्नेगरि नेपाल राष्ट्र बैंकले मर्जर पश्चात बन्ने संस्थाको नाम साधना लघुवित्त हुनेगरी अन्तिम स्वीकृति दिएपछि सबैको लघुवित्तका ९० वटै शाखाका शाखा प्रामुख सहितका कर्मचारीहरु आन्दोलित छन्।
मर्जर पश्चात सबैको साधना लघुवित्त वित्तीय संस्था नाम हुने गरि मर्जर सहमति भएपनि त्यो भन्दा फरक हुनेगरी नाम साधना लघुवित्त मात्र राखिएकाले आफुहरु आन्दोलनमा उत्रनु परेको कर्मचारीहरुको भनाई छ।


