खाद्यान्नमा अग्रिम आयकर: आयातकर्ताले जाँचपास नगराउँदा खाद्यान्नका ४०० कन्टेनर भन्सारमै रोकिए


  • Himalayan Bank Limited (HBL)
खाद्यान्नमा अग्रिम आयकर: आयातकर्ताले जाँचपास नगराउँदा खाद्यान्नका ४०० कन्टेनर भन्सारमै रोकिए

काठमाडौं । आयातकर्ताले भन्सार जाँचपास नगराउँदा ठूलो संख्यामा दाल, गेडागुडी र अन्य खाद्यान्नका कन्टेनर भन्सार बिन्दुमै रोकिएका छन् । 

सरकारले आर्थिक वर्ष (आव) २०८१/८२ को बजेटसँगै ल्याएको आर्थिक विधेयकमार्फत विदेशबाट व्यापारिक प्रयोजनका लागि खाद्यान्न आयात गर्दा वस्तुअनुसार १ दशमलव ५ देखि १० प्रतिशतसम्म भन्सारमै अग्रिम आयकर लिने व्यवस्था गरेपछि व्यवसायीले त्यसको विरोधस्वरूप जाँचपास नगराएका हुन् । सरकारले जेठ १५ देखि लागू हुने गरी धान आयातमा २ प्रतिशत र दाल तथा गेडागुडी आयातमा १० प्रतिशत अग्रिम आयकर लगाएको छ । यसअघि यस्तो कर वस्तुअनुसार बढीमा ५ प्रतिशतसम्म थियो । 

Read More