नेपाली कांग्रेस सम्बद्ध कर्मचारीहरुको सो संगठनको महाधिवेशनले ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
३९ सदस्यीय नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा बद्री आचार्य , उपाध्यक्षमा किशन पण्डित , विज्ञान देवकोटा र दिपक ओली , महिला उपाध्यक्षमा रमा पराजुली , मधेशी उपाध्यक्षमा ललन कुमार साह र आदिवासी जनजाति उपाध्यक्षमा सन्दिप श्रेष्ठ निर्वाचन भएका छन् ।


