काठमाडौं : सरकारले सोमबार (असार ३ गते) सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले आज एक सूचना जारी गरेर इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र इदको अवसरमा नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार विदा दिइएको बताएको छ । तसर्थ, सो दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।



