३२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र कम्तीमा २० जनालाई प्रत्यक्ष रोजगारी दिने व्यवसाय सुरु गर्दा तीन वर्षको व्यवसाय करमा शतप्रतिशत छुट पाइने भएको छ ।
आगामी आव २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै काठमाडौं महानगरका मेयर बालेन साहले शुक्रबार यस्तो घोषणा गरेका हुन् ।



