नागरिक लगानी कोषले २०७९/८० को नाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ।
कम्पनीको आज (शुक्रबार) बसेको सञ्चालक समितिको बैठकले १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७३६८ प्रतिशत नगद दिने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।





