धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढ्ने, छोटो सूचीमा परेकालाई तयारी अवस्थामा रहन अर्थको निर्देशन


  • Himalayan Bank Limited (HBL)
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढ्ने, छोटो सूचीमा परेकालाई तयारी अवस्थामा रहन अर्थको निर्देशन

काठमाडौं । गत चैतदेखि रोकिएको नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदको नियुक्ति प्रक्रिया अघि बढ्ने भएको छ । गत चैत २५ गते अध्यक्ष पदका लागि ५ जनाको नाम सर्ट लिस्ट (छोटो सूची) गर्ने काम सम्पन्न भइसकेको अवस्थामा अर्थमन्त्री वर्षमान पुनको असन्तुष्टिका बीच प्रक्रिया रोकिएको थियो । 

रोकिएको दुई महीनापछि अर्थमन्त्रीको निर्देशनमै प्रक्रिया अघि बढाउने निर्णयमा सिफारिस समिति पुगेको हो । बोर्ड अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा अर्थमन्त्रालयका अर्थसचिव डा. कृष्णहरि पुष्कर र व्यवस्थापनका प्राध्यापक उदय निरौला समेत रहेको तीन सदस्यीय सिफारिस समिति गत माघ ३ गते गठन भएको थियो । अध्यक्ष नियुक्तिका लागि कार्यविधि नै तयार गरेर काम अघि बढाइएको हो । 

Read More